समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको चाहनाअनुरुप आर्थिक समृद्धि हासिल गर्न तीन तहको सरकार मिलेर अघि बढ्नुपर्ने बताए ।
काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २८ औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणको कार्यमा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिए । मुलुकमा विकास नभएको भनेर व्यवस्थाविरुद्ध नकारात्मक भ्रम छर्ने प्रयास भइरहेको जनाउँदै उनले जनप्रतिनिधिहरुले त्यसलाई चिर्दै राजनीतिक आस्थाको आधारमा कसैप्रति विभेद गर्न नहुने बताए ।
“म महामन्त्रीको रुपमा कांग्रेस हुँ, तर सांसदको रुपमा सबै पार्टीमा आस्था राख्नेको साझा प्रतिनिधि हुँ”, आफैँलाई उदाहरण दिँदै उनले भने, “जनप्रतिनिधि भएर काम गर्दा राजनीतिक आस्थाको कुरा हेर्दिन । को कुन पार्टीको हो भनेर विभेद कहिल्यै गरेको छैन ।”
जनताले आम चुनावमार्फत सिंहदरबारको ढोका ढक्ढक्याउन पठाएको उल्लेख गर्दै उहाँले जनताका समस्याको समाधान र विकास निर्माणका कार्यका लागि आफुले सदन र सरकारलाई निरन्तर सचेत गराइरहेको बताए । उनले काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्न सुझाव दिए । “प्रविधिप्रति अविश्वास गर्नुहुँदैन, भोटिङ मेसिन प्रयोग गर्दा आम उपभोक्ताको सल्लाह र सहमति लिनुहोस्”, उनको भनाइ थियो ।
दुई पूर्वनगर प्रमुख सम्मानित
कार्यक्रममा मेचीनगर नगरपालिकाका पूर्वनगर प्रमुखद्वय रवीन कोइराला र विमल आचार्यलाई यस क्षेत्रको सामाजिक तथा राजनीतिक विकासमा पु¥याएको योगदानका लािग सम्मान गरिएको थियो । उनीहरूलाई सङ्घीय सांसद विश्वप्रकाश शर्माले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । पूर्वनगर प्रमुखद्वय कोइराला र आचार्यले काँकडभिट्टा खानेपानीको स्थापना र विस्तारमा ठूलो योगदान पु¥याएको संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बताए ।
















सभामुखको निर्वाचन चैत २२ गते
हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया