टी- २० विश्वकप खेल्ने वेस्टइन्डिज टिमको घोषणा

काठमाडौँ । वेस्ट इन्डिजले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि वेस्ट इन्डिजले रोभमन पावेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
विश्वकप खेल्ने वेस्ट इन्डिजको टिममा रोभमन पावेल (कप्तान), अल्जारी जोसेप (उपकप्तान), जोन्सन चार्लेज, रोस्टन चेज, शिमरन हिटमेयर, जासन होल्डर, शाइ होप, अकील होसैन, समर जोसेप, ब्राण्डन किंग, गुडाकेश मोती, निकोलस पुरन, आन्द्रे रसेल, शेरफान रुथेरफोर्ड र रोमारियो शेफर्ड रहेका छन् ।
हाल नेपाल टूरमा आएको वेस्ट इन्डिज ए टिमबाट विश्वकप खेल्ने टोलिमा जोन्सन चार्लेज, रोस्टन चेज र गुडाकेश मोती गरि तीनजना परेका छन् ।
घरेलु मैदानमा हुने यस विश्वकपमा वेस्ट इन्डिज समुह सी मा रहेको छ । यस समुहमा वेस्ट इन्डिजसहित अफगानिस्तान, न्यूजील्याण्ड, पिएनजी र युगाण्डा रहेका छन् । वेस्ट इन्डिजले विश्वकपमा पहिलो खेल पिएनजीसँग जुन २ मा खेल्ने तालिका रहेको छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया