विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै आन्दोलनसहित आजपाले बुझायो ज्ञापनपत्र

बारा । प्रभु साह नेतृत्वको आमजनता पार्टी जिल्ला कमिटी बाराले प्रदर्शनसहित आइतबार जिल्ला प्रशासन कार्यालय कलैया, बारामार्फत संघीय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको आइटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले बताए।
आजपाका केन्द्रीय उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, सचिव एवं मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहा, विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साह, आम जनसांस्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष विजय यादव निर्विजलगायत सयौं नेताकार्यकर्ताहरूले कलैयामा र्यालीसहित प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्थापन गर, एउटै कक्षाकोठामा सयौं विद्यार्थी राख्न पाइँदैन, विद्यार्थीको भविश्यसँग खेलवाड गर्न पाइदैन, तहगत र बिषयगत अपुग शिक्षकको पूरा गर, गुणस्तरीय शिक्षाको व्यवस्था गर, विभेदकारी शिक्षकको दरबन्दी वितरण खारेज गर, गुणस्तरीय शिक्षाको व्यवस्था गर, आम जनता पार्टी जिन्दावादलगायतका नारा प्रदर्शनकारीले लगाएका छन्।
यसअघि गत साता रौतहटको चन्द्रपुरमा बसेको आजपा मधेस प्रदेश कमिटीको पदाधिकारी बैठकले असामान शिक्षक दरबन्दी वितरण सच्याउन, अपुग तहगत र विषयगत शिक्षक दरबन्दी पूर्ति गर्न र विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपुर्ति गर्नका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो।
४० देखि ५० विद्यार्थी संख्यामा एक जना शिक्षक रहने सरकारी मान्यता विपरीत मधेसमा ८० देखि १०० विद्यार्थी बराबर एक शिक्षक रहेको र हजारौं विद्यालयमा शिक्षक दरबन्दी शुन्य रहेको साथै विषयगत शिक्षकको पुरै अभाव रहेको विडम्बनापूर्ण स्थितिमा विद्यार्थीको भविष्यको लागि आन्दोलनमात्र एक विकल्प रहेको निष्कर्षसहित बैठकले मधेसको प्रत्येक जिल्लामा संघर्षका कार्यक्रम अगाड़ी बढ़ाउने निष्कर्ष निकालेको थियो।
मधेसका अधिकांश विद्यालयमा १०० देखि ३०० सय सम्म विद्यार्थी कोचिएको विद्यालयमा तत्काल सेक्सन छुट्याई अपुग शिक्षक र आवश्यक भौतिक संरचना पूर्ति गर्नुपर्ने, विद्यार्थीको जनसंख्या हरेक वर्ष वृद्धि हुने हुनाले विद्यार्थी शिक्षक अनुपात मिलाउनका लागि प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियानसँगै अपुग हुने शिक्षक दरबन्दी वैशाख महिनाको पहिलो साताभित्र शिक्षक सेवा आयोग खोली अनिर्वायरूपमा पूर्ति गर्ने व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ।
















हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह
अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
Election a talk of the town after candidacy filing in Mahottari
दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया