खोटाङका अग्निपीडितलाई शिक्षकको सहयोग

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई १ लाख ७६ हजार रुपैयाँ सहयोग गरिएको छ । उनीहरुलाई खोटाङका विभिन्न स्कुलमा कार्यरत १ सय ५१ शिक्षकले चन्दा संकलन गरेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
वैशाख १४ गते जंगलमा लागेको डढेलो गाउँमा फैलिँदा घर जलेर ७ परिवार विस्थापित भएका थिए । पीडितलाई क्षतिको मूल्यांकन गरेर १२ देखि ४५ हजार रुपैयाँसम्म प्रदान गरिएको सहयोग संकलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिए ।
आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका परिवारलाई ४५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । संकलित रकम सल्लेका वडाध्यक्ष काशीराज राईको उपस्थितिमा प्रदान गरिएको हो ।
आगलागीबाट एक करोड ३३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा गत साउनदेखि हालसम्म ९९ वटा घर जलेका प्रहरीले बताएको छ ।
















गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी
दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया