वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिल बहादुर आले र तनहुँ ऋषिङ गाउँपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।
पक्राउमध्ये वकिल बहादुरले क्यानडा पठाईदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख रूपैयाँ ठगी गरेको र धर्मेन्द्रले युके पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध
अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वकिल बहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गाउँपालिका-६ बाट र धर्मेन्द्रलाई काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया