पाल्पाका आग्नीपीडित परिवारलाई राहत

रामपुर (पाल्पा)। पाल्पाका आग्नीपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषमार्फत आगलागीबाट घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको हो ।
रामपुर नगरपालिका–४ को समाङसिङ, गिजिनडाँडाका, रामपुर–५ को गैराका आगलागीबाट पीडित ६ घरपरिवार तथा पूर्वखोला गाउँपालिका–६ का नौ परिवारलाई प्रतिपरिवार १५ हजारका दरले राहत वितरण गरिएको हो । यही वैशाख १९ गते वनमा सल्किएको आगोले ती ठाउँमा घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।
प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, जिल्ला अदालत पाल्पाका न्यायाधीश दलबहादुर केसी, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित, जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवं जनप्रतिनिधिको उपस्थितिमा राहत वितरण गरिएको हो ।
प्रजिअ काफ्लेले घर पूर्ण रूपमा क्षति भएका नागरिकको आवास निर्माण गर्न सरकारले तीन किस्तामा गरी रकम प्रदान गर्ने भएकाले आवास निर्माण गर्न छिटो सम्बन्धित पालिकामा निवेदन दिन आग्रह गरे । विगतका वर्षको तुलनामा पाल्पामा यस वर्ष आगलागीका घटना बढेको उल्लेख गर्दै उनले आगामी दिनमा जोखिम न्यूनीकरणका लागि सबै सचेत हुनु आवश्यक रहेको बताए ।
हाल रामपुर–४ र ५ का ६ घर, पूर्वखोलाका–६ का नौ घर र माथागढी–४ का ६ परिवारलाई विपद् व्यवस्थापन कोषमार्फत तत्काल रु १५ हजारका दरले राहत रकम उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताए । उनका अनुसार जिल्लाका अन्य पालिकामा आगलागीका घटनाको विवरण सङ्कलन भइरहेको छ ।
‘क्लथ एण्ड फुड बैंक नेपाल’ रुपन्देहीले रामपुर नगरपालिकाभित्र आगलागीबाट घर पूर्ण रूपमा क्षति भएका र आंशिक क्षति भएका परिवारलाई लत्ताकपडासहित ओढ्ने ओच्छ्याउने सामग्री उपलब्ध गराएको छ । संस्थाले रामपुर–४ का तीन र ५ का पाँच परिवारलाई लत्ताकपडा, ओढ्ने ओच्छ्याउनेलगायत कपडा वितरण गरेको छ । प्रजिअ काफ्ले, क्लथ एण्ड फुड बैंक नेपालका पाल्पा संयोजक सूर्य जिसी, प्रेमप्रकाश श्रेष्ठ, थमन मल्ललगायतले राहत सामग्री वितरण गरेका हुन् ।
















स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?
Indian govt gifts 61 vehicles to Nepal
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
HoR election: 43 days to go for voting
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया