मंगलबार, चैत १७, २०८२

रारा कप कबड्डीको उपाधि सुर्खेतलाई

मेरोन्यूज २०८१ वैशाख २८ गते १९:२५

सुर्खेत । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न कर्णाली प्रदेशस्तरीय रारा कप खुला महिला र पुरुष कबड्डी प्रतियोगिताको दुवैतर्फको उपाधि सुर्खेतले जितेका छ।

Advertisement
nepal life insurencenepal life insurence

आज सम्पन्न फाइनल खेलमा पुरुषतर्फ दैलेखलाई तथा महिलातर्फ सल्यानलाई हराउँदै सुर्खेतले उपाधि हात पारेको हो।

पुरुष फाइनमा सुर्खेतले ४७ अङ्क तथा दैलेखले २९ अङ्क प्राप्त गर्‍यो। यस्तै महिलातर्फ सुर्खेतले २९ तथा सल्यानले २७ अङ्क प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले जानकारी दिए । पुरुषतर्फ जाजरकोट र सल्यान तृतीय भए। महिलातर्फ जाजरकोट र कालिकोट तृतीय भए।

प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेशका हुम्ला बाहेक नौ जिल्लाको टोली तथा महिलातर्फ डोल्पा, हुम्ला र रुकुम पश्चिम बाहेकका सात जिल्ला सहभागी थिए। तीन दिनसम्म चलेको प्रतियोगिताका विजेतालाई पूर्व सांसद गोपालबहादुर बम, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य टक्कबहादुर शाहीलगायतले पुरस्कार प्रदान गरेका थिए।

कर्णाली प्रदेश खेककुद विकास परिषद्को आर्थिक सहयोग तथा मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा रारातालको किनारमा पहिलो पटक कर्णाली प्रदेशस्तरीय महिला तथा पुरुष कबड्डी प्रतियोगिता आयोजना गरिएको हो। रासस

प्रतिक्रिया