ट्याक्टर दुर्घटनामा परी सुस्तामा एक जनाको निधन
मेरोन्यूज
२०८१ वैशाख २८ गते १९:५२

नवलपरासी पश्चिम । पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
सुस्ता गाउँपालिका-३ बिगेटस्थित भित्री सडकखण्डमा कुडियाबाट रतनगन्जतर्फ जाँदै गरेको लु३त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टँदा सुस्ता गाउँपालिका-५ का १३ वर्षका रोहित कंकरको मृत्यु भएको हो। टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कंकरको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सुस्ता गाउँपालिका-४ नर्सहीका बस्ने २१ वर्षका सुकई मल्लाह घाइते भएका छन्। घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।
सम्बन्धित
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया