कोपा अमेरिका खेल्ने ब्राजिलकाे टाेली घोषणा

काठमाडौँ । ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ । आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो ।
ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासेमिरो, गाब्रियल जिसस र रिचार्लिसन जस्ता खेलाडीलाई बाहिर राख्दै टिमको घोषणा गरेको छ ।
ब्राजिलको टिम:
गोलकिपर: बेन्टो, एडरसन, एलिसन ।
डिफेन्डर: डानिलो, यान कोउटो, गुइलहेर्मे अराना, वेनडेल, बेराल्डो, एडर मिलिताओ, गाब्रियल मागालहाएस र मार्क्युनोस ।
मिडफिल्डर: आन्द्रेज पेरेइरा, जोआओ गोमेज, ब्रुनो गुइमारेज, डोगलस लुइज र लुकास पाक्वेटा ।
फरवार्ड: एनड्रिक, एभानिल्सन, रोड्रीगो, गाब्रियल मार्टिनेली, राफिन्हा, साभिन्हो र भिनिसियस जुनियर ।
कोपा अमेरिकामा ब्राजिल समुह डी मा रहेको छ । जसमा ब्राजिलसहित कोलोम्बिया, पराग्वे र कोस्टारिका रहेका छन् । ब्राजिलले कोपा अमेरिकामा आफ्नो पहिलो खेल जुन २४ मा कोस्टा रिकाविरुद्ध खेल्दै छ ।













सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया