इराकमा मानव र लागूपदार्थ ओसारपसार गिरोहविरुद्धको अभियानमा ४० संदिग्ध पक्राउ
मेरोन्यूज
२०८१ वैशाख ३० गते १८:१५

इराकी सुरक्षा बलहरूले मानव र लागूपदार्थको तस्करीमा संलग्न दुई अन्तर्राष्ट्रिय गिरोहलाई ध्वस्त पारेको र देशभरबाट ४० जना विदेशीलाई पक्राउ गरेको इराकी सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् ।
इराकी नेशनल इन्टेलिजेन्स सर्भिसले गृह मन्त्रालयसँगको सहकार्यमा अपहरण, जबरजस्ती असुली, जालसाजी तथा मानव र लागूपदार्थ ओसारपसारका अपराधमा संलग्न रहेको आशङ्कामा ४० जना विदेशीलाई पक्राउ गरेको सुरक्षा मिडिया सेलको एक विज्ञप्तिमा जनाइएको छ ।
सुरक्षा बलहरूले बगदाद र अन्य धेरै इराकी प्रान्तमा खुफिया रिपोर्टहरूका आधारमा संदिग्धहरूलाई पक्राउ गरेको हो । विज्ञप्तिमा यी दुई गिरोहद्वारा निशाना बनाइएका अधिकांश पीडित इराकमा बसोबास गर्ने विदेशीहरू रहेको उल्लेख छ ।
सम्बन्धित









प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
नख्खु कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी मोरङमा पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया