कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
मेरोन्यूज
२०८१ वैशाख ३० गते १८:५२

बागलुङ। कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका-४ घर भइ हाल कपिलबस्तुको बाँणगंगा नगरपालिका-७ बस्ने ५१ वर्षकी दुर्गा गौतम भन्ने दुर्गा आचार्य र उनकै सहोदर बहिनी ४६ वर्षीय पार्वती आचार्य रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले दुवैलाई वैसाख २२ गते कपिलबस्तुकै बाँणगंगा स्थित बनगाई भन्ने स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
बागलुङ प्रहरीका सूचना अधिकारी बिजय यादवका अनुसार उनीहरूलाई जिल्ला अदालतमा पेश गरेकोमा अदालते कारागार चलान गरेको जनाएको छ। फैसला कार्यान्वयनका लागि अदालतले आदेश दिएपछि दुवैजनालाई प्रहरी हिरासतबाट कारागार पठाइएको हो।
सम्बन्धित
















सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया