बुधबार, माघ ७, २०८२

दोलखामा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १४ जना घाइते

मेरोन्यूज २०८१ जेठ २ गते १०:२८

दोलखा । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।

छिमेकी शैलुङ गाउँपालिका वडा नम्बर ८ ढाँडे कुनेबाट मलामी र दाउरा लिएर तामाकोशी तर्फ गुडेको बागमती प्रदेश ०१, ०२६ च ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा दुर्घटना भएकाे हाे ।

स्थानीयबासीले घाइतेको उद्धार गरी सदरमुकाम चरिकोट तर्फ पठाएको छन् । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया