रुपन्देहीका सीडीओ सहित प्रहरी र सशस्त्रका एसपीको सरुवा

काठमाडौं । सरकारले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडियो), नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई सरुवा गरेको छ ।
गृह मन्त्रालयले सीडीओ पिताम्बर घिमिरे, नेपाल प्रहरीका एसपी प्रवीण पोखरेल र सशस्त्रका एसपी भरत खनियाँलाई सरुवा गरेको हो ।
सीडीओ घिमिरेलाई पर्सामा सरुवा गरी रुपन्देहीमा पर्साका सीडीओ आसमान तामाङलाई पठाइएको छ । घिमिरे रुपन्देही गएको सात महिना मात्र भएको थियो ।
नेपाल प्रहरीका एसपी पोखरेल र सशस्त्र प्रहरीका एसपी खनियाँलाई काठमाडौं तानिएको छ । एसपी पोखरेलको गत भदौमा मात्रै रुपन्देही सरुवा भएको थियो । खनियाँ त्यहाँ गएको दुई महिना मात्र भएको छ । पोखरेललाई काठमाडौं तानेको गृह मन्त्रालयले रुपन्देहीमा एसपी मनोज केसीलाई खटाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलको प्रत्यक्ष हस्तक्षेपमा उनीहरुलाई सरुवा गरिएको स्रोतले बताएको छ । औद्योगिक कोरिडोर शिलान्यास गर्ने क्रममा मोतीपुरमा स्थानीयले मन्त्री पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई लखेटेका थिए ।
सो घटनामा प्रयाप्त सुरक्षा प्रवन्ध मिलाउन नसकेका कारण मन्त्री पौडेल असन्तुष्ट थिए । यस्तै टाइगर वान प्यालेस रिसोर्टमा अवैध अनलाइन क्यासिनो सञ्चालन गरेको विषय समेत सार्वजनिक भएपछि सबैको नजर त्यहाँका सुरक्षा प्रमुखमाथि थियो ।















विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
यी हुन् एमाले सचिवालय बैठकका निर्णय
राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता
पाकिस्तानी क्रिकेटर नसीमलाई रेकर्ड जरिवाना
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया