श्रम तथा रोजगार सम्बन्धी यथार्थ सूचना जनसमक्ष पुर्याउन श्रममन्त्रीको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले श्रम तथा वैदेशिक रोजगार सम्बन्धी जानकारीलाई व्यापक बनाउन आग्रह गरेका छन् ।
शुक्रबार देखि कोहलपुरमा शुरु हुन गै रहेको रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्र्दे मन्त्री अर्यालले यस्तो बताएका हुन् ।
रोजगार संयोजक भनेको सुचना संवाहको हो । त्यसैले गाउँ गाउँमा सही सुचना दिएर ठगिनबाट जोगाउन र स्वरोजगार हुनका लागि आवश्यक सहयोग गर्न उनले आग्रह गरे । “तपाईहरुको उपस्थित अत्यन्तै महत्वपूर्ण छ । हामीले यस कार्यक्रमको ढाँचा परिवर्तन गरी तपाईहरुलाई अझै जिम्मेवार बनाउन खोजेका छौ । आफनो जिम्मेवारीलाई इमान्दारीतका साथ पुरा गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु,” उनले भने । त्यस्तै, चार दिनसम्म सञ्चालन हुने तालिमको सफलताको पनि कामना गरे ।
श्रम मन्त्रालय अन्र्तगतको प्रधानमन्त्री रोजगार कार्यक्रमले शुक्रबार देखि लुम्बिनी प्रदेशका रोजगार संयोजकका लागि प्रशिक्षण तालिम शुरु गरेको छ । अन्तराष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा मन्त्रालयले तालिमको आयोजना गरेको हो । तालिममा लुम्बिनी प्रदेशका २०४ जना रोजगार संयोजकको सहभागीता रहेको छ । तालिम सात गतेसम्म सञ्चालन हुनेछ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया