मुम्बईका कप्तान हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना
मेरोन्यूज
२०८१ जेठ ५ गते १७:०४

काठमाडौँ। मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ ।
मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हार्दिकलाई ३० लाख भारु जरिवानासहित एक खेलको प्रतिबन्ध लगाएको हो । यो सिजनमा मुम्बईको तेस्रो पटक स्लो ओभर रेट भएका कारण हार्दिक निलम्बनमा परेका हुन् ।
अब हार्दिकले आईपीएल २०२५ सिजनको पहिलो खेल खेल्न पाउने छैनन् ।
मुम्बईले यस सिजनमा समूह चरणका सबै १४ खेल खेलेको छ र यस सिजनमा मुम्बई पुछारमा रहेको छ ।
यस सिजनमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि एक खेलको निलम्बन गरिएको थियो ।
सम्बन्धित















भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया