म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी
मेरोन्यूज
२०८१ जेठ ६ गते ८:२३

काठमाडौँ । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका छन् ।
म्यानचेस्टर सीटी यस सिजनको लिगको उपाधि जितको नजिक रहेको बेला फोडेन यस सिजनको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । फोडेनले यस सिजनको लिगमा १७ गोल गरेका छन् भने कुल २५ गोलमा योगदान गरेका छन् ।
आइतबार हुने प्रिमियर लिगको अन्तिम खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडलाई पराजित गरेमा लिगको उपाधि जित्ने छ ।
प्रिमियर लिगको उत्कृष्ट खेलाडीको सूचीमा फोडेनसहित म्यानचेस्टर सिटीकै इर्लिंग हालाण्ड, आर्सनलका मार्टिन ओडेगार्ड र डेकन राइस, लिभरपुलका भिर्गिल भान डाइक, न्यूक्यासलका एलेक्जेन्डर इसक, एस्टन भिल्लाका ओली वाटकिन्स तथा चेल्सीका कोले पाल्मर दौडमा थिए ।
चेल्सीका पाल्मर यस सिजनको उत्कृष्ट युवा खेलाडी घोषणा भएका छन् ।
सम्बन्धित












मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया