जर्मनीमा काठमाडौँ किकर्सको अपराजित यात्रा जारी

काठमाडौं । जर्मनीको चर्चित युथ फुटबल प्रतियोगिता भिआर बैंक कपमा नेपालको काठमाडौँ किकर्सले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।
सोमबारसम्म किकर्सको यू–१४ टोलीले १२ मध्ये ८ खेलमा जित तथा ४ खेलमा बराबरीको नतिजा निकालेको छ । किकर्सले २८ अंक जोडेको छ ।
यससँगै प्रतियोगितामा टोलीको एक खेल बाँकी रहँदा उपाधिको सम्भावना पनि बलियो बनेको छ ।
सोमबार भएको ३ खेलमध्ये किकर्सको यू–१४ टोलीले २ खेलमा जित र १ खेलमा बराबरीको नतिजा निकालेको थियो ।
सोमबारको पहिलो खेलमा किकर्सले आयोजक मोम्मेन्डोर्फको दोस्रो टोलीसँग १–१ गोलको बराबरीको नतिजा निकाल्यो । नेपाली टोलीका लागि आशुतोष महोत्राले गोल गरेका थिए ।
दिनको दोस्रो खेलमा किकर्सले एसभी अउबीङलाई १–० गोलले पराजित गरेको थियो । किकर्सको जितमा आर्यबीर सिंहले निर्णायक गोल गरेका थिए ।
टोलीले तेस्रो खेलमा भने एसभी जमरिङमाथि ३–० गोल अन्तरको जित दर्ता गर्यो । किकर्सको जितमा नोर्गेल शेर्पा, आशुतोष महोत्रा र गुगल बसौलाले १–१ गोल गरे । प्रतियोगितामा बाँकी रहेको अन्तिम खेलबाट टोलीको उपाधिको टुङ्गो लाग्ने छ ।
किकर्सको यू–१४ टोली रहेको यस समूहमा जर्मनीको विभिन्न एकेडेमीका अन्य ९ टोली सहभागी छन् । नेपाली टोलीले राउण्ड रोविन र फाइनल चरणको आफ्ना कुनै पनि खेलमा पराजय व्यहोरेको छैन । किकर्सको यू–११ टोलीको भने उपाधि सम्भावना सकिएको छ ।
















आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया