मेकअप स्टुडियो सञ्चालनमा

काठमाडौं । महाबौद्धमा टुलिपयुनिसेक्स सलोन एन्ड हेयर ब्युटी मेकअप स्टुडियो सञ्चालन गरिएको छ । उक्त स्टुडियोको वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने, गायिका देविका बन्दना र मिसेज ब्युटीक्विन नेपालका विजेताहरूले संयुक्त रूपमा उद्घाटन गरे ।
एक दशकदेखि विभिन्न व्यवसाय गर्दै आएकी रसुमिला श्रेष्ठ, कल्पना राजभण्डारी तथा सरोजा मानन्धरको संयुक्त लगानीमा आकार कम्प्लेक्समा सुविधा सम्पन्न सो स्टुडियो सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठले महिलाहरूलाई व्यावसायिक क्षेत्रमा स्वावलम्बन बन्न र मिहिनेतका साथै कलाक्षमता प्रदर्शनसँगै आर्थिक रूपमा राम्रो आम्दानी गर्नेतर्फ अघि बढ्न आग्रह गरे।

वरिष्ठ सौन्दर्यकर्मी न्यौपानेले यस क्षेत्रमा स्वरोजगार बन्ने ठूलो अवसर प्राप्त भएकाले यसलाई उपलब्धि मान्न सकिन्छ भनिन् । स्टुडियोमा अनुभवी ब्युटिसियनद्वारा कपाल काट्ने, स्टाइलिङ गर्ने, फेसियल, मेनीकियर, पेडीकियर, मेहेन्दीलगायत विवाहका लागि महिला तथा पुरुषलाई आवश्यक पर्ने सम्पूर्ण शृङ्गारको सेवा दिइने छ । एक महिनासम्म सेवामा ३० प्रतिशत छुट गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिइन् ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया