न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो।
दोषी ठहर गरेपनि उनको सजाय निर्धारणका लागि जेठ २८ गते पेश गर्न समेत इजलासले आदेश दिएको छ।
गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गिरीलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशपछि फरार रहेका उनी वैशाख ३ गते काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए।
त्यसदिनदेखि उनी कारागार कार्यालय डिल्लीबजारमा पुर्पक्षका लागि थुनामा छन्।
त्यसअघि जिल्ला अदालतले गिरीलाई धरौटीमा छाड्न पनि आदेश दिएको थियो। उच्चले पनि सदर गरेपछि बेरितको देखिएको भन्दै सर्वोच्चले ती आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
पीडित महिलाले गिरीविरूद्ध वैवाहित बलात्कारको जाहेरी दिएकी थिइन्। उक्त मुद्दाका साथै सम्बन्ध बिच्छेदको मुद्दा विचाराधीन रहेको अवस्थामा कोठामा आएर गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन्।
गिरी कपिलवस्तुमा जिल्ला न्यायाधीश थिए। त्यही बेला उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। सोही जाहेरीमाथि अनुसन्धान भई मुद्दा अदालतमा दर्ता भएपछि गिरीलाई न्यायपरिषदले निलम्बन गरेको थियो।















विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न
प्रतिनिधिसभा निर्वाचनः आयोगले ९ प्रकारका सामग्री पठाउने
PM Karki wishes success to Nepal cricket team in T-20 World Cup
ललितपुर खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा
बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया