भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख डाेज खोप हस्तान्तरण

काठमाडाैं । नेपाली सेनालाई भारतीय सेनाले सहयोग स्वरुप प्रदान गरिएको एक लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप हस्तान्तरण गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भारतीय स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेले प्रधान सेनापति थापालाई भर्चुअल माध्यमबाट खोप ग्रहण गर्न अनुरोध गरेपछि उक्त खोप हस्तान्तरण गरिएको हो । हस्तान्तरण समारोहमा जनरल नरवणेले मित्र राष्ट्रलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीतिअनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई खोप सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।
प्रत्युत्तरमा प्रधानसेनापति थापाले सहयोगको लागि भारतीय सेनाका सकल दर्जालाई धन्यवाद ज्ञापन गर्दै नेपाली सेनाका सकल दर्जा एवं प्राथमिकताका आधारमा हिताधिकारी लाभान्वित हुने विचार व्यक्त गरे । महामारी विरुद्धको लडाइँमा नेपाली सेना अझ बढी प्रभावकारी रूपमा जनताको सेवामा लाग्न सक्षम हुने बताउँदै थापाले यस कार्यबाट दुई देशका सेनाबीचको सम्बन्ध अझ बढी प्रगाढ भएको भावना व्यक्त गरे ।








एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्रतिक्रिया