यार्सा सिजन सुरु भएसँगै सुनसान तातोपानी नाका

सिन्धुपाल्चोक । नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुनसानभएको छ
नाकामा केही सुरक्षाकर्मी मात्रै देखिने गरेका छन् । अधिकांश पसल र होटेल बन्द प्रायः छन् ।
केही खुुलेका पसलमा पनि व्यापार घटेको छ । मितेरी पुल आसपास चीनबाट आयात गरिएका सवारी मात्रै छन् ।
जिल्लाको पूर्वी भेगका बासिन्दा यहाँका चिनियाँसँग मिलेर आफ्नो मुख्य आयस्रोत यार्सागुम्बा सङ्कलनका लागि चीन र नेपालको उच्च लेकक्षेत्र पुगिसकेका छन् ।
अध्यागमन कार्यालय कोदारीका सूचना अधिकारी दिनेश बराईकाअनुुसार चीनले यहाँका माथिल्लो हिमाली भेगका लेकक्षेत्रमा यार्सा सङ्कलन र बिक्री गर्ने अनुमति दिएको छ । यहाँका सबैजसो स्थानीय र व्यवासायी यार्साकै लागि लेकमा पुगेकाले सीमाको बजारमा खासै चहलपहल छैन ।
यसअघि विभिन्न जिल्लासहित राजधानी र सीमाक्षेत्रका गरी झण्डै तीन हजारभन्दा बढी यार्सा सङ्कलक लेकक्षेत्र पुग्ने गर्थे । वैशाखको दोस्रो सातादेखि सुरु हुने यार्सा सङ्कलनका लागि सीमाक्षेत्रबाट मात्रै झण्डै सात सय जना त्यसतर्फ प्रस्थान गरेको प्रारम्भिक अनुमान गरिएको छ । चीनको खासा, रमिते, पाङका स्थानीयले मितेरी पुलभन्दा पर रहेका चिनियाँ बजारमा झण्डै दुई दर्जन पसल सञ्चालनमा ल्याएका थिए ।
“चलेका पसल पनि अरुलाई जिम्मा दिएर गएका छन् भने अधिकाशंले सटर बन्दनै गरेका त्यता लागेका छन्, फलस्वरुप चिनियाँ बजार सुनसान बनेको छ”, भोटेकोशी चेम्बर अफ कर्मशका अध्यक्ष फुनु शेर्पा बताउछन् ।
यसअघि नेपाली यार्सा सङ्कलकलाई चीनको उच्च इलाकामा यार्सा टिप्न पूरै बन्देज थियो । चीनको भू–भागमा पर्ने गौरीशङ्कर हिमशृङ्खला र पर्वतको फेदीस्थित लाप्ट, रेल्दोन, मानचौरजस्ता स्थानका यार्साको मूल्य राम्रो पाउने भएकाले स्थानीय जोखिम मोलेर भए पनि त्यहाँ यार्सा सङ्कलन गर्न जाने गरेका थिए ।
अहिले सर्वसाधरणकै अनुमति पत्रलाई आधार मानेर यार्सा टिप्न दिएयता उत्साहित यहाँका यार्सा सङ्कलक गाउँ रित्ताएर लेकमा पुगेका हुन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आयात र निर्यातलाई चीनले फराकिलो बनाएसँगै नाकामा व्यापारिक चहलपहल बढेको सुधार आइरहेको बताए ।
तातोपानीबाट अहिलेसम्म आठ वटा कन्टेनरबाट झण्डै एक करोड बराबरको मुडा, फ्रेमजस्ता सामग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन् ।
त्यसबाहेक निर्यात छैन्, भने आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामग्री आएका छन्, सवारी पनि भित्रिरहेको भन्सार प्रमुख केसीले जानकारी दिए ।
















कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया