प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश

किर्तन मिडिया प्रालिद्वारा प्रकाशित मेरोन्यूज डटकम छैटौँ वर्ष प्रवेश गरेको सुखद् अवसरमा हाम्रा पाठक, दर्शक र शुभचिन्तकमाझ खुसी साट्न पाउँदा हामी गौरवान्वित छौँ ।
‘समाचारमा आफ्नै सरोकार’ भन्ने नारासहित कोभिड महामारीले नेपाली सञ्चार क्षेत्र थिलोथिलो बनेको बेला २०७७ चैत ११ गते डिजिटल पत्रकारिताको माध्यमबाट हामी तपाईंहरूमाझ आएका थियौँ । देशको अर्थव्यवस्थाको आधार खलबलिएको, उद्योग⁄कलकारखानाले आफ्नो पूर्ण क्षमतामा उत्पादन गर्न नसकेको तथा व्यापार–व्यवसायमा लगानी बढ्न नसकेर अर्थतन्त्र शिथिल भइरहेको बेला जन्मिएको ‘मेरोन्यूज’ले स्थापनाकालदेखीनै निरन्तर संघर्ष गर्नुपर्यो ।
शैशवकालमै आएको कठिन चुनौति र जटिलतालाई पार लगाउँदै अहिले हामी एउटा स्थापित न्यूज पोर्टलको रुपमा आइपुगेका छौं । आम पाठकका बीचमा ‘मेरोन्यूज’ ले आफ्नो उपस्थितिलाई दरिलो मात्रै पारेको छैन, सबैको प्रिय पोर्टल बन्न सफल भएको छ । यो साथ, सहयोग र विश्वासले हामी अर्थात् ‘मेरो न्यूज’ परिवार अत्यन्त खुशी छौँ ।
जेनजी आन्दोलनपछी देश अहिले चुनाव सम्पन्न भएर नयाँ सरकार गठनको अन्तिम तयारीमा छ । करिब दुई तिहाई नजिकको शक्तिशाली सरकार गठन नजिकिँदै गर्दा यो सरकारले लिने सञ्चार निती र प्रेसप्रति गर्ने व्यवहार हामीले उत्सुकतापूर्वक हेरिरहेका छौँ । अर्कोतर्फ विश्व व्ववस्थामा इरान, अमेरिका र इजरायलबीचको जारी द्वन्द्व र यसले नेपाल, नेपाली र सञ्चारगतलाई पार्न सक्ने असरलाई पनि हामीले नजिकबाट नियाल्ने कोशीस गरीरहेका छौँ । यो छैटाैँ वर्ष प्रवेशको समयमा एकातर्फ आशा र अर्कोतर्फ संशयको दोधारमा हामी उभिएका छौँ ।
पाँच वर्ष अगाडी आजको दिन हामीले सूचना तथा समाचारको क्षेत्रमा एक नवीन पहिचान बनाउन प्रतिबद्ध हुँदै यात्रा सुरु गरेका थियौं। हामी गर्वका साथ भन्न सक्छौं कि, हामीले सम्प्रेशण गरेका समाचारमा तथ्य, तटस्थता, विश्वसिनयता र सत्यता हामीले कायम राखेका छाैँ । हाम्रो परिश्रम, पाठकको माया र सहकर्मीहरूको अथक प्रयासका कारण ‘मेरोन्यूज’ आम नागरिकको आवाज बन्न सफल भएको छ। हामीसँगै जोडिनु भएका हाम्रा समस्त पाठक, शुभचिन्तक, विज्ञापनदाता तथा लेखकलगायत सबैसँग यो गौरवपूर्ण दिनमा खुसी साट्न पाउँदा हामी उत्साहित भएका छौँ ।
नेपालको संचार क्षेत्रले विगत केही दशकमा ठूलो परिवर्तन देखेको छ। परम्परागत सञ्चारका माध्यमबाट डिजिटल सञ्चारमाध्यममा सर्ने यो यात्रा नेपाली समाजको विकासक्रमसँगै जोडिएको छ। तर, यस परिवर्तनले नयाँ अवसरका साथै नयाँ चुनौतीहरू पनि ल्याएको छ। न्यू मिडियाको उदयले सञ्चारको तरिका बदलेको छ, तर यसले विश्वसनीयता, नैतिकता र सूचनाको गुणस्तरसम्बन्धी प्रश्नहरू पनि उठाएको छ।
यो पाँच वर्ष हाम्रो लागि आर्थिक रुपमा मात्रै होइन, प्रविधिमा आएको विकासले समाचार सामाग्री र प्रस्तुतीमा चुनौतीपूर्ण रह्यो । साथै, कतिपय अवस्थामा प्रेरणादायी पनि रह्यो । अर्थतन्त्रमा जटीलताका बीच पनि हामीलाई विज्ञापन दिएर सहयाेग गर्नुहुने विज्ञापनदाताकाे याेगदान पनि हाम्रा लागी उर्जा बन्याे । डिजिटल पत्रकारिताको तीव्र विकास, फेक न्यूजको बाढी र विश्वसनीय समाचारको आवश्यकतालाई ध्यानमा राख्दै हामी सधैं तथ्यमा आधारित, सन्तुलित र गहिराइमा पुग्ने पत्रकारिता गर्न अग्रसर रह्यौं । हामीले पाठक तथा दर्शककाे वदलिँदो रुचीलाई ध्यानमा राख्दै श्रव्यदृश्य सामाग्रीलाई समेत यथासम्भव बढाउने कोशीस सुरु गरेका छौँ ।
नेपाली जनताको दशकौँदेखिको संघर्ष, त्याग तथा बलिदानबाट हामीले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका हौं। संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता पाएका छौं। परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा र संस्थागत विकासको पक्षमा अहोरात्र पहरेदारी सञ्चार संस्थाले खेल्नु पर्छ भन्ने हाम्रो प्रष्ट मत छ । हालैका दिनमा आमजनमानसमा देशको राष्ट्रियताका सवालमा उठेका प्रश्न र आशंकाकाे विषयलालाई पनि हामीले गहिरो रुपमा निगरानी जारी राख्नेछौँ ।
अन्त्यमा मेरो न्यूजको सफलता पाठकहरूसँग प्रत्यक्ष जोडिएको छ। तपाईंहरूकै सुझाव, सल्लाह, आलोचना र माया हाम्रो हौसला हो। यो प्लेटफर्म केवल समाचार पढ्ने, हेर्ने ठाउँ मात्र होइन, समाज परिवर्तनको लागि बहस, विमर्श र सूचना आदान/प्रदान गर्ने थलो पनि हो।
तपाईंहरूको विश्वास नै हाम्रो उर्जा हो। यहाँहरूबाट आजसम्मको प्रेम र सद्भावले निरन्तरता पाउनेमा हामी आशावादी छौँ । सम्पूर्ण आदरणीय पाठक, विज्ञापनदाता तथा शुभेच्छुकमा हार्दिक आभार प्रकट गर्दछौं । छैटौँ वर्ष प्रवेशको यो अवसरमा सबैलाई बधाई तथा शुभकामना ।
तनुजा गौतम अध्यक्ष
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया