डलर साट्ने प्रलोभन देखाई ठगी गर्ने तीन जना पक्राउ

सिन्धुली । सिन्धुलीमा डलर साट्ने प्रलोभन देखाई नगद १८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा बाह्रबिसे नगरपालिका-३ बस्ने २४ वर्षीय श्याम तामाङ समेत ३ जनालाई ठगी गरेको रकमसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गोलन्जोर गाउँपालिका-७ लौकुनमा इलामका ४४ वर्षीय पुरूषलाई अपरिचित व्यक्तिहरूले डलर साट्ने प्रलोभन देखाई पीडितको १८ लाख रूपैयाँ ठगी गरी २० रूपैयाँका नोटहरू तथा सादा कागजका टुक्राहरु दिई फरार भएको भन्ने सूचानाको आधारमा इलाका प्रहरी कार्यालय खुर्कोट र अस्थायी प्रहरी पोष्ट हैवारबेसीबाट खटिएको प्रहरीले उनीहरूलाई ठगी गरेको रकम १८ लाख रूपैयाँ, नेपाली रूपैयाँ २० दरको ६९ थान, अमेरिकी डलर १ दरको २ सय ३७ थान र उनीहरूले प्रयोग गरेको २ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो ।
हाल फरार रहेका अन्य १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
प्रतिक्रिया