महोत्तरीबाट हराएका ७ बालिका बिहारको सीतामढीमा भेटिए
मेरोन्यूज
२०७७ चैत १८ गते ११:१३

महोत्तरी । मंगलबार दिउँसो घाँस काट्न गएपछि परिवारको सम्पर्कबाट हराएका महोत्तरीको भंगहा नगरपालिका, धर्मपुरका ७ जना बालिका र किशोरीहरु भारत, विहारको सीतामढी पुगेको पाइएको छ । ७ जना बालिका र किशोरीहरु सीतामढी पुगेको भनी सीतामढीको प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए ।
उनीहरू बिहार पुगेको खबर आएसँगै नेपाल प्रहरीको टोली त्यसतर्फ जान लागेको समेत मेयर साहले जानकारी दिए । सीतामढी प्रहरीलाई उद्धृत गर्दै मेयर साहले सबै बालिका र किशोरीहरु सकुशल छन् ।
१० देखि १८ वर्षसम्मका ति किशोरीहरु दिउँसो १ बजे घाँस काटेन गएकोमा साँझ अबेरसम्म घरमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेपछि खोजतलास सुरु भएको थियो ।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया