नेपालले आज विश्वकपअघि अन्तिम अभ्यास खेल खेल्दै

काठमाडौँ । आइसिसी टी-२० विश्वकप खेल्नुअघि नेपालले आज अन्तिम अभ्यास खेल आयोजक राष्ट्र अमेरिकासँग खेल्दैछ । डालासस्थित ग्रान्ड प्रेइरी स्टेडिययममा नेपाली समयअनुसार खेल बेलुकी सवा ९ बजेदेखि सुरु हुनेछ ।
सेन्ट प्रेइरीमै नेपालले क्यानडासँग सोमबार पहिलो औपचारिक अभ्यास खेल खेलेको थियो । उक्त खेलमा नेपाल ६३ रनले पराजित भएको थियो । त्यसअघि नेपालले ह्युस्टन हुरिकेनसँग दुई अभ्यास खेलमा दुवै खेल जितेको थियो ।
नेपालले वेस्ट इण्डिजमा पनि अभ्यास खेल खेलेको थियो । सेन्ट भिसेन्टमा स्थानीय टिम विन्वार्ड भोलक्यानोजविरूद्धको सिरिजमा नेपाल विजयी भएको थियो । टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले विश्वकपको पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ भने जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन् ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया