अन्तिम चरणको निर्वाचनअघि मोदीले थाले ४५ घण्टे ‘ध्यान’
मेरोन्यूज
२०८१ जेठ १८ गते ११:२४

नयाँ दिल्ली । भारतमा जुन १ (भोलि) मा हुन लागेको लोकसभाको अन्तिम चरणको मतदानको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ‘ध्यान’ थालेका छन् ।
बिहीबार साँझ त्यहाँ पुगेर उनले सुरुमा भगवती अम्मान मन्दिरमा प्रार्थना गरेका थिए । उनले बिहीबार बेलुकादेखि शनिबार (भोलि) साँझसम्म ध्यान मण्डपमा ध्यान गर्ने जनाइएको छ । उक्त स्थानमा हिन्दु दार्शनिक विवेकानन्दले दैवी शक्ति पाएको मानिने गरेको छ ।
त्यस स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ । उनको भ्रमण अवधिभरका निम्ति दुई हजार प्रहरी खटाइएको छ । भारतीय कोस्ट गार्ड र नाभीले पनि कडाइका साथ निगरानी गरिरहेका जनाइएको छ । हिन्दुस्तान टाइम्सबाट ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया