दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो
मेरोन्यूज
२०८१ जेठ १८ गते १२:२१

काठमाडौँ । दाङको तुलसीपुरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
दुर्घटनामा दाङको बबई गाउँपालिका–४ का मोटरसाइकल चालक राजेश भण्डारी र पछाडि बस्ने साकार केसीको ज्यान गएको छ ।
तुलसीपुर उपमहानगरपालिका–२ कुमगडी नजिकै रा १ ह ४०९६ नम्बरको अटो र रा ७ प २५० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
यस्तै दुर्घटनामा अटो चालक दाङको शान्तिनगर गाउँपालिका–७ खैरेनीका रुद्रबहादुर थापा घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।
सम्बन्धित











एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया