लक्ष्मी क्यापिटलको वेबसाइट ह्याकरको ‘कब्जा’ मा, डेटा लिक गर्ने धम्की

काठमाडौं । ‘किलसेक’ नामक ह्याकर समूहले नेपालको वित्तीय संस्था (मर्चेन्ट ब्याङ्कर) लक्ष्मी क्यापिटल (हालको लक्ष्मी सनराइज क्यापिटल) को डेटा कब्जामा लिएकाे दाबी गरेको छ । केही साताअघि डार्क वेबमा पोस्ट राख्दै उक्त ह्याकर समूहले लक्ष्मी क्यापिटलको डेटा आफ्नो कब्जामा भएको भन्दै फिरौती माग गरेको हो ।
पोस्टमा सो ह्याकर समूहले आफूसँग लक्ष्मी क्यापिटलको सोर्स कोड, डेटावेस, एसएसएल सर्टिफिकेट र ब्याकइन्डको अन्य डेटा भएको उल्लेख गरेकाे छ ।
टा कब्जामा लिएको दाबीसँगै उक्त समूहले १० दिनमा फिरौती रकम भुक्तानी नगरे डेटा लिक गर्ने धम्की दिएको थियो । १० दिनको समय सकिएपछि भने उक्त पोस्टमा छिट्टै डेटा लिक गरिदिने धम्की दिइएको छ ।
किलसेकले कब्जामा लिएको भनिएको वेब एड्रेस (https://laxmicapital.com.np/index.html) मा पनि यसअघि किलसेकले सोही सूचना र डार्क वेबको लिङ्क राखेको थियो । अहिले भने लक्ष्मी क्यापिटलको सो लिङ्कबाट ह्याकरले राखेको फाइल हटाइएको छ ।
किलसेकले आफूसँग लक्ष्मी क्यापिटलका ग्राहकको व्यक्तिगत कागजात (नागरिकता) भएको भन्दै एउटा स्याम्पल पनि सार्वजनिक गरेको छ । त्यसबाहेक उक्त ह्याकरले सार्वजनिक गरेको स्क्रिनशटममा ४७० जीबी बराबरको फाइल भएको देख्न सकिन्छ ।
अहिले डेटा लिक नगराउन लक्ष्मी क्यापिटललाई १० हजार युरो (करिब १४ लाख ३९ हजार रुपैयाँ भुक्तानी गर्न भनिएको छ । उक्त रकम नतिरे हरेक ४८ घण्टामा फिरौती रकम ५०० युरो (करिब ७२ हजार रुपैयाँ) बढाउने धम्की दिइएको छ ।
किलसेक यस्तो ह्याकर समूह हो, जसले यसअघि दिल्ली पुलिस, केरला पुलिस, पीबीबी बैंक लगायतका निकायको डेटा लिक गरिसकेको दाबी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि यो समूहको दाबीलाई लिएर समाचार प्रकाशित गरेका थिए ।
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया