लक्ष्मी क्यापिटलको वेबसाइट ह्याकरको ‘कब्जा’ मा, डेटा लिक गर्ने धम्की

काठमाडौं । ‘किलसेक’ नामक ह्याकर समूहले नेपालको वित्तीय संस्था (मर्चेन्ट ब्याङ्कर) लक्ष्मी क्यापिटल (हालको लक्ष्मी सनराइज क्यापिटल) को डेटा कब्जामा लिएकाे दाबी गरेको छ । केही साताअघि डार्क वेबमा पोस्ट राख्दै उक्त ह्याकर समूहले लक्ष्मी क्यापिटलको डेटा आफ्नो कब्जामा भएको भन्दै फिरौती माग गरेको हो ।
पोस्टमा सो ह्याकर समूहले आफूसँग लक्ष्मी क्यापिटलको सोर्स कोड, डेटावेस, एसएसएल सर्टिफिकेट र ब्याकइन्डको अन्य डेटा भएको उल्लेख गरेकाे छ ।
टा कब्जामा लिएको दाबीसँगै उक्त समूहले १० दिनमा फिरौती रकम भुक्तानी नगरे डेटा लिक गर्ने धम्की दिएको थियो । १० दिनको समय सकिएपछि भने उक्त पोस्टमा छिट्टै डेटा लिक गरिदिने धम्की दिइएको छ ।
किलसेकले कब्जामा लिएको भनिएको वेब एड्रेस (https://laxmicapital.com.np/index.html) मा पनि यसअघि किलसेकले सोही सूचना र डार्क वेबको लिङ्क राखेको थियो । अहिले भने लक्ष्मी क्यापिटलको सो लिङ्कबाट ह्याकरले राखेको फाइल हटाइएको छ ।
किलसेकले आफूसँग लक्ष्मी क्यापिटलका ग्राहकको व्यक्तिगत कागजात (नागरिकता) भएको भन्दै एउटा स्याम्पल पनि सार्वजनिक गरेको छ । त्यसबाहेक उक्त ह्याकरले सार्वजनिक गरेको स्क्रिनशटममा ४७० जीबी बराबरको फाइल भएको देख्न सकिन्छ ।
अहिले डेटा लिक नगराउन लक्ष्मी क्यापिटललाई १० हजार युरो (करिब १४ लाख ३९ हजार रुपैयाँ भुक्तानी गर्न भनिएको छ । उक्त रकम नतिरे हरेक ४८ घण्टामा फिरौती रकम ५०० युरो (करिब ७२ हजार रुपैयाँ) बढाउने धम्की दिइएको छ ।
किलसेक यस्तो ह्याकर समूह हो, जसले यसअघि दिल्ली पुलिस, केरला पुलिस, पीबीबी बैंक लगायतका निकायको डेटा लिक गरिसकेको दाबी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि यो समूहको दाबीलाई लिएर समाचार प्रकाशित गरेका थिए ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया