सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिका-७ स्थित दाक्च-ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिक समेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले शुक्रबार सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्ल,इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव-इन्जिनियर विक्रम बढासहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
सोरु गाउँपालिका -७ अन्तरगत दाक्च-ख्याल्च सडक निर्माण सम्बन्धमा सम्झौता विपरित वास्तविक कार्यभन्दा १३ लाख ७२ हजार ३४० रुपैयाँ भुक्तानी दिएको ठहर गर्दै अख्तियारले उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो र जरिवाना असुल गर्न माग गरेको छ।
सोही मुद्दामा आरोपित दाक्च-ख्याल्च सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी,कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढाविरुद्ध पनि १३ लाख ७२ हजार ३४० रुपैयाँ बिगो माग गरिएको अख्तियारले जनाएको छ ।
उनीहरूले नापी किताब र कार्यसम्पन्न प्रतिवेदनमा ३४८.४३ घनमिटर ड्राइ स्टोन म्यासनरीको कार्य भएको भनी मूल्याङन गर्न लगाइ वास्तविक कार्यभन्दा १३ लाख ७२ हजार ३४० रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारको ठहर छ ।
यसैगरी सोरु गाउँपालिका गाउँ कार्यपालिका सदस्य एवं अनुमगन समिति संयोजक दलवीर सार्की र सोरु गाउँपालिका-७ का तत्कालीन वडाअध्यक्ष राजेन्द्र बुमीले अनुगमन निरीक्षण प्रतिवेदन ड्राइ स्टोन म्यासनरी वाल जम्मा ११८.९८ घनमिटर मात्र काम भएकोमा ३४८.४३ घनमिटर ड्राइ स्टोन म्यासनरीको कार्य भएको भनी गलत अनुगमन प्रतिवेदन दिन लगाइ सो गलत प्रतिवेदनसमेतको आधारमा वास्तविक कार्यभन्दा १३ लाख ७२ हजार ३४० रुपैयाँ बढी रकम भुक्तानी भएको अख्तियारले जनाएको छ ।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानाको सजाय माग दावी गर्दै आरोप पत्र दायर भएको अख्तिायरले जनाएको छ ।
















महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?
बैतडीको सिगासमा एक पुरुष मृत फेला
Infrastructures development face systemic problems: President Thapa
Nepal Batas MAW Commercial Vehicles Expands Volvo Eicher Network with New 3S Facility in Itahari
जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया