महोत्तरी समन्वय समितिको निर्देशन : विकास योजनाहरु प्रक्रियागत ढंगले संचालन गर

महोत्तरी । विकास निर्माणका कामहरु प्रक्रियाविपरित हुन थालेपछी जिल्ला समन्वय समिती महोत्तरीले ध्यानाकर्षण जनाएको छ ।
अनुगमनको क्रममा विकासका योजनाहरु संचालन गर्दा होडिङ्ग बोर्ड नराखेको र काम सम्पन्न भएका ठाउँहरुमा कच्चा पदार्थ यथास्थितिमा छाडदा दुर्घटनाको जोखिम समेत बढेको समन्वय समितिको ठहर छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै समन्वय समितिका संयोजक सुमनलाल कर्णले जिल्लाका सवै पालिकाहरुमा संचालनरत योजनाहरु ऐन, नियमको परिधिमा रहेर काम गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन ।
योजनास्थलमा होडिङ्ग बोर्ड नराख्ने र कुन योजना कति लागतको हो भन्ने समेत नखुलाउदा आम मानिसको सुचनाको हक कुन्ठित भएको संयोजक कर्णको भनाई छ ।
सार्वजनिक सडक ऐन २०३१ को दफा २१ लाई लिएर पनि समितिले ध्यानाकर्षण जनाएको छ । दफा अनुसार विकास निर्माणको योजना सकिएपछी मालसमान उक्त ठाउँवाट निश्चित ठाउँमा बिसर्जन गर्नुपर्ने व्यवस्था छ तर अनुगमनको क्रममा दुर्घटनालाई प्रोत्साहन गर्नेगरी मालसामान यथास्थानमा राखिएको र तत्काल उक्त सामान उठाउन निर्देशन समेत दिईएको छ ।
















काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया