मुसहरनियाका किसानलाई धानको बीउ वितरण

जनकपुर । उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले किसानलाई निःशुल्करूपमा उन्नत जातको धानको बीउ वितरण गरेको छ ।
पालिकाले कृषिमा संलग्न किसानको उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले शतप्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको हो ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले धान उत्पादनमा वृद्धि ल्याउन, किसानलाई उत्साहित तथा आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण गरिएको बताउए । किसानका मागका आधारमा जग्गाधनी पुर्जा हेरेर पर्याप्त मात्रामा बीउ उपलब्ध गराइएको उनले जानकारी दिए ।
अध्यक्ष यादवले भने, “यो पालिका क्षेत्रभित्र जति क्षेत्रफलमा धान उत्पादन हुन्छ सोअनुसार धानको बीउ ल्याएका छौँ, बढी हुनसक्छ कम हुँदैन ।” उनका अनुसार बहुगुणी–२, रामधान, हर्दिनाथ–६, लल्का बास्मती, राधा–४ लगायत जातका १३ क्विन्टलभन्दा बढी बीउ वितरण गरिएको छ ।
अध्यक्ष यादवले धानको बीउ खरिद गर्न रु १० लाख बजेट विनियोजन गरिएको बताउँदै अहिलेसम्म रु सात लाख ९० हजारको बीउ खरिद गरिएको जानकारी दिए । उनले धानको बीउसँगै किसानलाई आवश्यक परामर्श, कृषिऔजार तथा उपकरण वितरण गरिँदै आइएको बताएका छन्।
















हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया