रेडियो जनताको स्टेसन म्यानेजरमा सागर खड्का

काठमाडौं । रेडियो जनताको स्टेसन म्यानेजरमा सागर खड्का नियुक्त भएका छन् । ओखलढुङगाको लिखु गाउँपालिका-९ पोकलीका खड्का जेठ १ गतेबाट उक्त पदमा नियुक्त भएका हुन् ।
जनता प्रकाशन तथा प्रसारण लिमिटेडका अध्यक्ष डा.विजय कुमार पौडेल र प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेश आचार्यले एक कार्यक्रमका बिच उनलाई स्टेसन म्यानेजरको पदमा नियुक्त गरेका थिए ।
खड्का ८ वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यरत छन् । रेडियोकर्मीकै रूपमा पत्रकारिता क्षेत्रमा उदाएका खड्का पछिल्लो समय रेडियो कान्तिपुरमा कार्यरत थिए ।
प्रमुख कार्यकारी अधिकृत आचार्यले नवनियुक्त म्यानेजर खड्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संस्थालाई अझै अगाडि बढाउन खड्काले ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।
यस्तै, अध्यक्ष पौडेलले बदलिँदो संञ्चार जगतमा रेडियोलाई थप सशक्त बनाउन सिंगो समूह लागिपर्ने बताए ।
नवनियुक्त म्यानेजर खड्काले आफूलाई स्टेसन म्यानेजरको जिम्मेवारी दिएमा सञ्चालक समितिप्रति आभार व्यक्त गरे।
उनले रेडियोको आर्थिक उन्नति र प्रगतिका लागि आफू प्रतिबद्ध भएर लाग्ने र रेडियोलाई आमजनता सामु लोकप्रिय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
















उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया