श्रीलंकामाथि दक्षिण अफ्रिका ६ विकेटले विजयी

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो ।
श्रीलंकाले दिएको केवल ७८ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्री लंकाले १९.१ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाएको थियो । श्रीलंकाका लागि कुसल मेन्डिसले सर्बाधिक १९ रन बनाए भने एन्जोलो म्याथ्युजले १६ र कामिन्दु मेन्डिसले ११ रन बनाएका थिए ।
श्रीलंकाले टी-२० विश्वकपमा बनाएको यो अहिलेसम्मको सबैभन्दा कम रन हो ।त्यसैगरी दक्षिण अफ्रिकाका बलर एनरीच नोकियाले सर्बाधिक ४ विकेट लिएका थिए । उनले ४ ओभरमा केवल ७ रन दिएर ४ विकेट लिएका थिए ।
समुह डी मा रहेको दक्षिण अफ्रिकाले यो जितपछि महत्वपूर्ण २ अंक हासिल गरेको छ ।अब दक्षिण अफ्रिकाले अर्को खेल जुन ८ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने सोहि दिन श्रीलंकाले बंगलादेशको सामना गर्ने छ ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया