हात्तीपाइले रोग विरुद्ध भोलिबाट १२ जिल्लामा औषधी खुवाईंदै

काठमाडौं । सरकारले भोलिबाट १२ जिल्लामा हात्तीपाइले रोग निवारणका लागि औषधी सेवन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सूचना जारी गर्दै औषधी सेवन कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।
झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा औषधी सेवन कार्यक्रम सञ्चालन हुने महाशाखाले जनाएको छ ।
कार्यक्रम सञ्चालन हुने जिल्लामा यो औषधी खान योग्य सबैले खानुपर्ने महाशाखाको सूचनामा उल्लेख छ । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा ओछ्यानमा परेका सिकिस्त बिरामीले यो औषधी सेवन गर्न नहुने महाशाखाले जनाएको छ ।
यो औषधीले हात्तीपाइले रोग लागिसकेकाको उपचार हुनुका साथै रोग लाग्नबाट बचाउने छ । हात्तीपाइले रोग एक प्रकारको जुका जस्तै परजीवीले गराउने र सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।
मानिसको शीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र लक्षण देखिने तथा लक्षण देखिएपछि निको नहुने भएकाले औषधी सेवन गर्न सरकारले आग्रह गरेको छ ।
















मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
प्रतिक्रिया