संसदमा सुहाङको पहिलो सम्बोधन : बुबा यहीँ कतै हुनुहुन्छ

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पहिलो पटक संसदमा सम्बोधन गरेका छन् ।
मंगलबार बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्नका लागि ५ मिनेटको समय पाएका सुहाङ बुवा सुवासलाई सम्झेर भावुक बनेका थिए ।
सांसद नेम्बाङले आफ्नो पहिलो सम्बोधन भएकाकाले उनले अन्य विषयमा पनि बोल्ने छुट हुने आशा राखेको बताए । ‘आज म पहिलो पटक संसद्को रोस्ट्रममा उभिएर बोलिरहेको छु । आज मलाई बजेट बाहिर रहेर पनि बोल्न पाइन्छ भन्ने लागेको छ,’ उनले भने । त्यसपछि उनले आफूलाई जिताएर पठाउने इलामका जनताप्रति आभार व्यक्त गरे । ‘
आज म इलामवासीको कारणले छु । त्यसकारण मलाई विजयी गराएर पठाउने अति आदरणीय समुदायप्रति आभार प्रकट गर्दछु,’ सांसद नेम्बाङले भने । बुवा सुवास लोकतन्त्रका अटल हिमायती रहेको र एकताबद्ध भएमा समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्नेमा अविचलित रहेको उनले स्मरण गरे ।
संसदको रोस्ट्रममा उभिएका नेम्बाङले बुवा सुवासचन्द्र नेम्बाङको सम्झना गरे । ‘भदौ २६ को अप्रिय घटनापश्चात म उपनिर्वाचन पश्चात पहिलो पटक जब संसद्मा छिरे र उभिएर बोलिरहेको छ, मलाई लागिरहेको छ, बुवा यहाँ कतै हुनुहुन्छ । बुवालाई सम्झिएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु,’ उनले भनेका छन् ।















अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया