प्रधानमन्त्री कप भलिबल : एभरेस्ट क्लब विजयी

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत आज भएको महिलातर्फको खेलमा एभरेस्ट भलिबल क्लब विजयी भएको छ । एभरेस्टले न्यू डायमन्ड स्पोर्टस् क्लबलाई पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको खेलमा एभरेस्टले न्यु डयामन्ड स्पोर्टस् क्लबलाई ३–० सोझो सेटमा पराजित गरेको हो । एभरेस्टले पहिलो सेट २५–२१ अङ्कले, दोस्रो सेट २५–१९ अङ्कले तथा तेस्रो सेट २५–१८ अङ्कले जितेको हो । जितसँगै एभरेस्टले तीन खेलबाट नौ अङ्क जोडेको छ । एभरेस्टले यसअघि कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबलाई ३–० सोझो सेटमा पराजित गरेको थियो ।
यसैगरी न्यु डायमन्ड तीनवटै खेलमा पराजित भएको छ । यसअघि उसले सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग ३–२ तथा नेपाल पुलिस क्लबसँग ३–१ सेटमा हार ब्यहोरेको थियो ।
आज सम्पन्न पुरुषतर्फका खेलमा गण्डकी प्रदेशले बूढानीलकण्ठलाई ३–१ सेटमा पराजित ग¥यो । यसैगरी नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई तथा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई समान ३–० सोझो सेटमा हरायो । आजै भएको पुरुषतर्फको अर्को खेलमा हेल्प नेपालले सशसस्त्र प्रहरी बलको एपिएफ क्लबाई ३–० सेटले पराजित ग¥यो ।












यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
Party unity imperative: Leader Koirala
NC’s SGC endorses working procedure, proposes dissolution of central leadership
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया