विश्वकपमा अफगानिस्तानको लगातार शानदार दोस्रो जित: न्युजिल्यान्ड ७५ रनमा समेटियो

काठमाडौं । आईसिसी टी(२० विश्वकपमा अफगानिस्तानले लगातार दोस्रो जित दर्ता गरेको छ। शनिबार बिहान भएको खेलमा अफगानिस्तानले न्युजिल्यान्डमाथि ८४ रनको शानदार जित निकालेको हो। पहिलो खेलमा अफगानिस्तानले युगान्डामाथि १२५ रनको जित निकालेको थियो।
न्युजिल्याण्डले टस जितेर सुरुमा फिल्ड रोजेपछि अफगानिस्तानले सुरुमा ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५।२ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमा समेटिएको हो।
न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक १८ रन बनाए। म्याट हेनरी १२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
न्युजिल्यान्डलाई सस्तैमा समेट्न अफगानिस्तानका कप्तान राशिद खान र फजलहक फारुकीले समान चार(चार विकेट लिए। चार ओभर बलिङ गरेका खानले १७ रन खर्चिए भने फारुकीले ३।२ ओभर बलिङ गर्दै १७ रन खर्चिएर चार विकेट लिएका हुन्। उसका लागि मोहम्मद नाबीले थप दुई विकेट हात पारे।
सुरुमा ब्याटिङ गरेको अफगानिस्तानका लागि ओपनर रहमान उल्लाह गुरबाजले शानदार अर्धशक बनाएका थिए। उनले ५६ बलको सामना गर्दै ५ छक्का र ५ चौकाको मद्दतमा सर्वाधिक ८० रन बनाएका हुन्।
अर्का ओपनर इब्राहिम जाद्रानले ४१ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्तमा ४४ रन बनाए। पहिलो विकेटका लागि ओपनरले ८० बलमा सय रनको साझेदारी गरेका थिए।
अफगानिस्तानका लागि तेस्रोक्रममा आएका ब्याट्सम्यान अजमातुल्लाह उमरजाईले १३ बल खेल्दै दुई छक्का र एक चौकाको मद्तमा २२ रन जोडे। कप्तान राशिद खान ५ बलमा ६ रन बनाउँदै आउट भए भने अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।
न्युजिल्यान्डका लागि टेन्ड बोल्ट र म्याट हेनरीले समान दुईदुई विकेट लिएका थिए भने लोकी फर्ग्युसनले एक विकेट हात पारेका थिए।
समूह ‘सी’मा रहेको न्युजिल्याण्ड विश्वकपको पहिलो खेलमा पराजित भएको हो। अफगानिस्तानले पहिलो खेलमा युगाण्डाविरुद्ध १२५ रनको शानदार जित निकालेको थियो। दोस्रो जितसँगै अफगानिस्तान चार अंकसहित समूह ‘सी’को शीर्ष स्थानमा छ।
यो समूहमा अफगानिस्तान, न्युजिल्याण्डसँगै वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनी ९पिएनजी० छन्। दुई खेल खेलेको पिएनजीले खाता खोल्न सकेको छैन भने युगान्डाले दुई खेलमा एक जितसहित दुई अंक जोडिसकेको छ।
















जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
नेप्सेमा दोहोरो अंकको सुधार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया