दिपल एस०७ इभीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ

काठमाडाैं । नेपालका लागि चाङ्गान र दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले प्रिमियम इलेक्ट्रिक एसयुभी दिपल एस०७ को ७४ लाख ९९ हजार रुपैयाँमा बुकिङ खुल्ला गरेको छ । इलेक्ट्रिक भेहिकलको करमा नेपाल सरकारले गरेको परिमार्जनपछि एमएडब्लु वृद्धि अटोकर्पले दिपल एस०७ को नयाँ मूल्य घोषणा गरेको हो ।
दुई महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल एस०७ ले छोटो समयमै नेपाली बजारबाट सुखद् प्रतिक्रिया पाएको छ । यसको आकर्षक डिजाइन, बेजोड पर्फमेन्स र अत्याधुनिक फिचरमार्फत् दिपल एस०७ ले इभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्न सफल भएको छ ।
बजारबाट पाएको सकारात्मक प्रतिक्रियाबाट चांगान नेपाल उत्साहित छ । नेपाल बजारमा अत्याधुनिक प्रविधि र गुणस्तरीय गाडी ल्याउन प्रतिबद्ध छ । चांगान नेपालले नयाँ दिपल एस०७ असारको अन्तसम्ममा ग्राहकलाई डेलिभरी दिने तयारी गरिरहेको छ ।
इटालीको टुरिनमा डिजाइन भएको दिपल एस०७मा वेलकमिंग सिट, एआई पावर्ड सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअपडिस्प्ले, १२५ लिटरको फ्रंक, चार ड्राइभिंग मोड (इको, कम्फोर्ट, स्पोर्ट र कस्टमाइज), हेडरेस्ट र आउटडोर स्पिकरसहित १४ वटा सोनीस्पिकर लगायत १५ भन्दा बढी फर्स्ट टाइमइन नेपाल फिचर रहेका छन् ।
यसमा रहेको फ्रेमलेस डोर, फ्लस हेन्डल, २० इन्चको टायर, डवल लेयर्ड ग्लासले दिपल एस०७ को सुन्दरतालाई मात्र बढाएको छैन कारको पर्फमेन्सलाई पनि राम्रो बनाउँछ । यसबाहेक ड्राइभिङ्गलाई नयाँ उचाइमा पुर्याउन यसमा रियर ह्विलड्राइभ रहेको छ ।
दिपल एस०७मा ६६.८ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ जसले सिंगल चार्जमा ४१० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिन्छ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
प्रतिक्रिया