सुन आयातको कोटा दैनिक २० किलो पुर्याइयो
मेरोन्यूज
२०७७ चैत १९ गते १८:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दैनिक २० किलोसम्म सुन आयात गर्न सक्ने व्यवस्था मिलाएको छ । यसअघि इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले दैनिक १० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था थियो ।
केन्द्रीय बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र–२०७६ को सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को बुँदा नं ४ (क) संशोधन गर्दै सुन आयातको परिमाण हाललाई २० किलो पुर्याइएको जनाएको छ ।
कोरोना महामारीले अर्थतन्त्रलाई प्रभावित बनाएको भन्दै सरकारले गतवर्ष सुनको कोटा घटाएर १० किलो पुर्याएको थियो । सुनको भाउमा वृद्धि भएपछि स्थानीय बजारमा सुनको खपत घटेको थियो । सरकारले सुनको कोटा वृद्धि गरेपनि त्यसले बजारको माग धान्न नसक्ने भन्दै सुनचाँदी व्यवसायीले सुन आयातमा कडाइ नगर्न आग्रह गरेका छन् ।

सम्बन्धित









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
हाइली गुब्बी ज्वालामुखीका कारण नेपालबाट कतार जाने जहाज उडेनन्, सयौँ यात्रु विमानस्थलमै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
प्रतिक्रिया