काठमाडौंको तापक्रम फेरि ‘उच्च’, धनगढीमा ४४ डिग्री सेल्सियस

काठमाडौं । केही दिनयता देशका धेरै स्थानमा तापक्रम बढेको छ । काठमाडौंसहित विशेष गरी तराई क्षेत्रमा गर्मी बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार (जुन १०) ‘सबैभन्दा बढी’ तापक्रम धनगढीमा ४४ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार धनढीको अधिकतमम तापक्रम ४२.९ डिग्री सेल्सियस थियो । गएको शनिबार धनगढीको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस मापन गरिएको थियो । धनगढीमा यो वर्षकै बढी तापक्रम ४४.१ डिग्री सेल्सियस यसअघि मापन गरिएको थियो ।
महाशाखाले सोमबार सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार नेपालगन्जको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस थियो । शनिबार नेपालगन्जको अधिकतम तापक्रम ४१.८ डिग्री सेल्सियस मापन गरिएको थियो । गएको मे ३० मा नेपालगन्जको अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियस मापन गरिएको थियो । यो वर्ष नेपालगन्जको उक्त तापक्रम नै अहिलेसम्म बढी भएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।
सोमबार वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.९, दिपायलको ४०.७, भैरहवाको ३९.८, घोराहीको ३९.६, सिमराको ३७.५, जनकपुरको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस मापन गरिएको छ ।
आइतबार वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.४, दिपायलको ४०.२, भैरहवाको ३८.२, घोराहीको ३९.३, सिमराको ३७.७, जनकपुरको अधिकतम तापक्रम ३८.० डिग्री सेल्सियस थियो । शनिबार वीरेन्द्रनगर र दिपायलको अधिकतम तापक्रम समान ३९.५, भैरहवाको ३८.२, घोराहीको ३७.७, सिमराको ३७.३, जनकपुर अधिकतम तापक्रम ३७.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।
सोमबार काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ । यो तापक्रम यस वर्षका निम्ति अहिलेसम्म उच्चबराबर भएको मौसमविद् झाले बताए । महाशाखका अनुसार, यो वर्ष काठमाडौंको सबैभन्दा बढी तापक्रम जेठ १७ र जेठ ११ मा समान पनि ३४.४ डिग्री सेल्सियस नै मापन गरिएको थियो ।
आइतबार (हिजो) काठमाडौंको अधिकतम तापक्रम ३३.८ डिग्री सेल्सियस थियो । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३१.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।
महाशाखाका अनुसार, काठमाडौंको हालसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।
यही जेठ १७ गते कैलालीको टीकापुरमा ४५.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यो नै यो वर्ष नेपालभित्र मापन गरिएको अहिलेसम्म उच्च तापक्रम भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया