एमाले काठमाडौँको अध्यक्षमा निरौला निर्वाचित
मेरोन्यूज
२०८१ जेठ ३० गते ११:३७

काठमाडौं । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला निर्वाचित भएका छन् ।
निरौलाले प्रतिस्पर्धी निर्मल देउलालाई हराउँदै अध्यक्ष चुनिएका हुन् । उनी यसअघि पनि अध्यक्षनै थिए । निरौलाले ३७० मत प्राप्त गरेका थिए भने देउलाले १९१ मत प्राप्त गरेका छन् ।
निरौला एमालेकाे तत्कालीन उपाध्यक्ष तथा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् ।
त्यस्तै उपाध्यक्षमा विश्वराम सापकोटाले नवराज पराजुलीलाई पराजित गरेका छन् । सापकोटाले २६४ र पराजुलीले १७४ मत पाएका छन् । त्यस्तै सचिवमा राजेश शाक्य ३७० मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी सत्यनारायण डंगोल १९१ मत ल्याएर पराजित बनेका छन् । त्यस्तै उपसचिवमा उद्धव भण्डारी र बिन्दू महर्जन विजयी भएका छन् ।
सम्बन्धित













माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया