सडक निर्माणमा वर्तमान विषयवस्तुहरू र गुणस्तर नियन्त्रणबारे अन्तरक्रिया

ललितपुर । विद्यार्थीहरूको ज्ञान र सीपलाई समय सापेक्ष बनाई कलेजबाट अध्ययन सम्पन्न भए लगत्तै कार्यक्षेत्रको लागि तयार गर्ने उद्देश्य अनुसार बिहीबार ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा अन्तरक्रिया कार्यक्रम भएको छ । नियमित रूपमा सञ्चालित प्राविधिक विषयमा प्रवचन कार्यक्रम अन्तरगत स्थानीय पूर्वाधार विभागका वरिष्ठ इन्जिनियर रामबाबु पौडेल र कलेजका सिभिल इन्जिनियरिङ स्नातक तहका अन्तिम वर्षका विद्यार्थीहरू माझ अन्तरक्रिया भएको हो ।
“सडक निर्माणमा वर्तमान विषयवस्तुहरू र गुणस्तर नियन्त्रण“ विषयमा केन्द्रित कार्यक्रमका प्रमुख वक्ता इन्जिनियर पौडेलले सडक निर्माणका क्रममा के कस्ता प्राविधिक तथा सामाजिक समस्याहरू आँउछन् र ती समस्याहरू कसरी समाधान गर्ने भन्ने विषयमा आफ्नो लामो अनुभव सुनाए ।
कार्यक्रममा सडक आयोजनाको डिपिआर कसरी चेक गर्ने, सडक निर्माणमा माटो खन्ने काम कसरी न्यूनीकरण गर्ने, सडकको गुणस्तर कसरी सुनिश्चित गर्ने, भिरालो जमिनमा बाटो बनाउँदा कसरी टेका लगाउने, सडकमा आउने पानीको व्यवस्थापन कसरी गर्ने, सडक कालोपत्रे गर्दा के कस्ता कुराहरू कसरी जाँच गर्ने र सडक निर्माण भइसकेपछि डिजाइन अनुसार भए नभएको थाहा पाउन के कसरी नापजाँच गर्ने भन्ने जस्ता प्राविधिक विषयहरूमा विस्तृत छलफल भएको थियो ।
विश्वविद्यालयको पाठ्यक्रममा मात्र सीमित हुन नहुने कुरामा जोड दिँदै इन्जिनियर पौडेलले नेपालका सडक पूर्वाधारहरू दिगो बनाउन आवश्यक व्यवहारिक ज्ञान कलेजका विद्यार्थीहरूलाई दिए । अन्तरकृया कार्यक्रम अन्तरगत इन्जिनियर पौडेलले विद्यार्थीहरूका प्रश्नको उत्तर तथा जिज्ञासाहरू सम्बोधन गरेका थिए ।
सिभिल इन्जिनियरिङ स्नातक तहका अन्तिम वर्षका ४० जना विद्यार्थीहरू र सम्बन्धित विषयका विषय शिक्षक योगेशकुमार सिंह उपस्थित कार्यक्रममा कलेजको सिभिल इन्जिनियरिङ विभागका विभागीय प्रमुख इन्जिनियर रोमहर्ष ओलीले विद्यार्थीमा सैद्धातिकसँंगै व्यवहारिक ज्ञान आवश्यक भएको बताए । कलेजका प्राचार्य इन्जिनियर विरोध रिजालले अन्तरकृया कार्यक्रमको समापन गर्दै आफू सिभिल इन्जिनियर नभएता पनि कार्यक्रमबाट दैनिक रूपमा बाटो प्रयोग गर्दा देखिएका समस्याहरूको बारेमा थप बुझ्ने मौका पाएकोमा खुशी व्यक्त गरे । साथै उनले कलेजको तर्फबाट अतिथि पौडेलललाई मायाको चिनो वितरण गरे ।
















लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन
एमाले खेलकुद विभाग सदस्य श्रेष्ठसहित दर्जनौं नेकपामा प्रवेश
Election as per NCP’s demand: Coordinator Dahal
राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
2 in cardiac arrest after military helicopter crashes in S. Korea
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया