सदस्यता बिवादबारे महासंघले जबरजस्ती गरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघको सदस्यता विवाद नसुल्झिएकोमा नेपाल प्रेस युनियनले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
सदस्यताको विवाद समाधान नगरी सदस्यताको नामावली सार्वजनिक गरेर जबरजस्ती ढंगले एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाए अस्वीकार गरेर आन्दोलनमा जाने प्रेस युनियनले घोषणा गरेको छ ।
प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ति प्रकाशित गरी प्रेस युनियन अधिकतम लचिलो हुँदा पनि सम्बन्धित पक्ष जिम्मेवार नभएको जनाएका छन् । महासंघकै शाखा र प्रदेश समितिले पठाएको नामावलीलाई आधार मानेर छुटेका सक्रिय पत्रकारलाई महासंघको विधि र प्रक्रिया अनुसारसदस्यता टुंग्याएर अन्तिम मतदाता नामावली सार्वजनिक गरी निर्वाचन प्रक्रिया अघि बढाउन अध्यक्ष लम्सालले आग्रह गरेका छन् ।
महासंघका शाखा र प्रदेशले पठाएका सदस्यको नाम केन्द्रीय नेतृत्वले हटाएर अमुक सङ्गठनमा आस्था राख्नेलाई सहयोग पुग्ने गरी विधि र प्रक्रिया विपरीत आफूखुशी केन्द्रबाट सदस्यको नाम थपेर गैरपत्रकारलाई सदस्यता दिई सूची तयार गरेका कारण यो अवस्था सिर्जना भएको युनियनले जनाएको छ ।
महासंघको विधान अनुसार सदस्यता विवाद सुल्झाएर थप गरिएको मितिमा निर्वाचन सुनिश्चित गर्ने वातावरण तयार गर्न नेपाल पत्रकार महासंघको नेतृत्व लगायत पत्रकार सम्बद्ध सबै पेशागत संस्थाहरूलाई अध्यक्ष लम्सालले अपिल गरेका छन् ।
पूर्व निर्धारित मितिमा निर्वाचन हुन नसकेकोमा युनियन दुःख व्यक्त गर्दै पछिल्लो पटक निर्धारण गरिएको मितिमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता युनियनले गरेको छ ।










एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया