भारतमा बाढीपहिरो बाट ६ जनाको मृत्यु

भारतको उत्तरपूर्वको दुर्गम क्षेत्रमा भारी वर्षा पछि आएको आकस्मिक बाढी र पहिरमा परि छ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार एएफपीलाई बताएका छन् ।
भारतीय पर्यटकहरूमा लोकप्रिय चिनको सिमानामा रहेको राज्य सिक्किमको प्रभावित क्षेत्र वरपर पाँच जना बेपत्ता भएका छन् ।
राज्य सरकारका वरिष्ठ अधिकारी गोपीनाथ राहाले तिस्ता नदीको बाढीले सडक तथा पुलहरू बगाउनुका साथै एक हजार पाँच सय भन्दा बढी मानिसहरु बाढीमा फसेको बताउ भएको छ ।
बिहीबार बिहान तिस्ता नदीको जलस्तर खतराको निशान नाघेकोले सडकमा गम्भीर क्षति पुगी यातायात अवरुद्ध भएको उनले बताएका छन् । उनका अनुसार सिक्किमको उत्तरी भागका विभिन्न बिन्दुहरूमा एक सय भन्दा बढी सवारी साधनहरू प्रभावित भएका छन् ।
मङ्गन जिल्ला प्रहरी अधीक्षक सोनम डिचूले राज्यको उत्तरका केही भागहरू “देशका बाँकी भागहरूबाट काटिएको उल्लेख गर्दै बाढीले उक्त क्षेत्रका धेरै घरहरू बगाएको उनले जनाएका छन्।
सिक्किमको राज्य विपद् एजेन्सीले उद्धार कार्य जारी रहेको तर स्थानीय मोबाइल फोन नेटवर्कमा भएको क्षतिले राहत कार्यमा बाधा पुर्याएको बताएको छ ।
सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सरकारले प्रभावित परिवारलाई सहयोग प्रदान गर्ने काम गरिरहेको बताए ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया