भारतमा बाढीपहिरो बाट ६ जनाको मृत्यु

भारतको उत्तरपूर्वको दुर्गम क्षेत्रमा भारी वर्षा पछि आएको आकस्मिक बाढी र पहिरमा परि छ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार एएफपीलाई बताएका छन् ।
भारतीय पर्यटकहरूमा लोकप्रिय चिनको सिमानामा रहेको राज्य सिक्किमको प्रभावित क्षेत्र वरपर पाँच जना बेपत्ता भएका छन् ।
राज्य सरकारका वरिष्ठ अधिकारी गोपीनाथ राहाले तिस्ता नदीको बाढीले सडक तथा पुलहरू बगाउनुका साथै एक हजार पाँच सय भन्दा बढी मानिसहरु बाढीमा फसेको बताउ भएको छ ।
बिहीबार बिहान तिस्ता नदीको जलस्तर खतराको निशान नाघेकोले सडकमा गम्भीर क्षति पुगी यातायात अवरुद्ध भएको उनले बताएका छन् । उनका अनुसार सिक्किमको उत्तरी भागका विभिन्न बिन्दुहरूमा एक सय भन्दा बढी सवारी साधनहरू प्रभावित भएका छन् ।
मङ्गन जिल्ला प्रहरी अधीक्षक सोनम डिचूले राज्यको उत्तरका केही भागहरू “देशका बाँकी भागहरूबाट काटिएको उल्लेख गर्दै बाढीले उक्त क्षेत्रका धेरै घरहरू बगाएको उनले जनाएका छन्।
सिक्किमको राज्य विपद् एजेन्सीले उद्धार कार्य जारी रहेको तर स्थानीय मोबाइल फोन नेटवर्कमा भएको क्षतिले राहत कार्यमा बाधा पुर्याएको बताएको छ ।
सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सरकारले प्रभावित परिवारलाई सहयोग प्रदान गर्ने काम गरिरहेको बताए ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया