बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर

रौतहट । रौतहटको चर्चित कटहरिया बजार क्षेत्रको फोहर उठाउन बिरोध स्वरुप स्थानिय युवाहरुले कटहरिया नगरपालिका भवनको मूल गेटमा फोहर थुपारेर बिरोध जनाएका छन् ।
कटहरिया बजार क्षेत्रको फोहर नउठेको भन्दै आक्रोसित युवाहरुको समुहले शुक्रवार दिउँसो नगरपालिकाको मूल गेटमा एक ट्याक्टर फोहर फालेर बिरोध जनाएका हुन् ।
नगर प्रमुख अजय प्रकाश जयसवालले नगरको सरसफाईमा ध्यान नदिएको भन्दै स्थानीय युवाहरुले गुनासो गर्दै आएका थिए । फोहर फाले लगत्तै मेयर जैसवालको आग्रहमा युवा समुह, स्थानिय ब्यापारी, सुरक्षाकर्मी, सञ्चारकर्मी जनप्रतिनिधिहरु लगायत सर्वपक्षिय आकस्मिक बैठक बसेका थिए ।
बैठकमा मेयर जैसवालले प्राविधिक कारणबस पछिल्लो तीन दिन देखि बजार क्षेत्रको फोहर उठ्न नसकेकोमा गलती स्वीकार गरेका थिए । बैठकमा मेयर जैसवाल र स्थानीय बिच दुई बुन्दे मौखिक सहमती भएको छ। बजार क्षेत्रको फोहर दैनिक उठाउने र बजार क्षेत्रको बाटोमा बिहान बेलुकी पानी पटाउने सहमती भएको थियो ।
सहमती लगत्तै अपरान्ह मूल गेटमा थुपारिएको फोहर व्यवस्थापन गरिएको थियो । मेयर जैसवालले आउँदा दिनमा त्यस्तो कमी कमजोरी नहुने प्रतिवद्धता जनाएका थिए ।
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया