मंगलबार, चैत १०, २०८२

संसद् सचिवालयका कर्मचारीको आन्दोलन बारे सभामुख निवासमा छलफल जारी

मेरोन्यूज २०८१ असार ६ गते ९:२१

काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र अर्थमन्त्रीबीच छलफल भइरहेको छ । सभामुख निवासमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भइरहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कर्मचारी आन्दोलनबारे सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग छलफल गरेका थिए । आज नै संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ ।

प्रतिक्रिया