जन्मदिनमा वृक्षारोपण तथा निःशुल्क दन्त शिविर

काठमाडौं । नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितको जन्मोत्सवका अवसरमा बिहीबार काठमाडौँको तारकेश्वर नगरपालिका ४ र नागार्जुन क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । पण्डितको जन्मोत्सवकै अवसरमा तारकेश्वर नगरपालिका वार्ड नं ४ मा निःशुल्क दन्त शिविर समेत सम्पन्न भएको छ ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालको ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ अभियान अन्तर्गत पण्डितको जन्मोत्सवको अवसरमा केन्द्रकै आयोजनामा वृक्षारोपण तथा दन्तशिविर कार्यक्रम सम्पन्न भएको हो ।
तारकेश्वर नगरपालिका ४ को वडा कार्यालयमा सम्पन्न भएको सो कार्यक्रममा वृक्षारोपणको सुरुवात प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रम शुभारम्भ गर्दै सचिव उपाध्यायले जन्मोत्सवलाई सत्कर्मसँग जोडौँ अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रममलाई देशव्यापाी बनाउन सकिएमा प्रकृतिको संरक्षणमा ठुलो योगदान पुग्ने बताए ।
सम्पादक पण्डितले जन्मदिनलाई सत्कर्म सँग जोडिएर वृक्षारोपण कार्यक्रम गरिएको र यसले वातावरण विनास रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा सरिक भएका सूचना तथा प्रसारण विभागका महानिर्देशक बलराम रिज्याल, राजश्व अनुसन्धान विभागका निर्देशक नवराज अधिकारीलगायत थिए ।
कार्यक्रममा तारकेश्वर नपा वडा नं ४ र नजिकै रहेको नागार्जुन जंगल क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो ।
वृक्षारोपण कार्यक्रम सम्पन्न भएलगत्तै जन्मदिनलाई सत्कर्मसँग जोडौँ अभियान अन्तर्गत तारकेश्वर ४ को वडा कार्यालयमा वृहत निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको थियो । सो शिविरमा ओम समाज डेण्टल अस्पतालका वरिष्ठ दन्त विशेषज्ञ डा सुभाष घिमिरे नेतृत्वको चिकित्सकको टोलीले स्थानीय १ सय जना भन्दा बढीको निःशुल्क उपचार र दाँत परीक्षण गरेको थियो ।










काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया