एम्बाप्पेले पाएनन् तलब, पिएसजीलाई पठाए नोटिस

काठमाडौँ । किलीयन एम्बाप्पेले आफ्नो पुर्व क्लब पिएसजीले पुरा भुक्तानी नदिएको भन्दै नोटिस पठाएका छन् ।
मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले आफुले पाउनुपर्ने पारिश्रमिक र बोनस गरि कुल १०७ मिलियन डलर नपाएको भन्दै पिएसजीलाई कानुनी नोटिस पठाएका हुन् ।
फ्रि-ट्रान्सफरमा रियल म्याड्रिड पुगेका एम्बाप्पेले पाउने यो रकमको विषयमा क्लबसँग विवाद रहेको थियो । एम्बाप्पे र क्लबबीच गत बर्ष फ्री ट्रान्सफरमा क्लब छोडेमा उनले केहि पारिश्रमिक र बोनस रकम छोड्ने सहमति भएको बताइएको छ । तर एम्बाप्पेले अहिले भने सो रकम आफुले पाउनुपर्ने दाबि गरेको फ्रेन्च मिडिया आउटलेट एल इक्विपले उल्लेख गरेको छ ।
यस अघि एम्बाप्पे र पिएसजीले यो विवाद आपसी समझदारीमा मिलाउने सहमति भएको बताइए पनि अहिलेसम्म नमिलेको देखिएको छ ।
हाल युरोकप खेलिरहेका एम्बाप्पेलाई रियल म्याड्रिडले युरोकप सकिनासाथ क्लबमा प्रस्तुत गर्ने तयारीमा रहेको छ । उनले रियल म्याड्रिडमा फ्री ट्रान्सफरमा गएपनि साइनिङ रकमको रुपमा सय मिलियन डलर भन्दा बढी रकम लिएको बताइएको छ ।












पाकिस्तानमा विवाह समारोहमा ग्यास विस्फोट, दुलहा–दुलहीसहित ८ जनाको मृत्यु
स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा
मकवानपुरमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु
भृकुटीमण्डपमा राप्रपाको जलपान, प्रधानमन्त्री पनि सहभागी
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया