शुक्रबार, पुष ११, २०८२

महाकाली नदिमा बेपत्ता भएका दुई किशोरीमध्ये १ जनाको शव फेला

मेरोन्यूज २०८१ असार ९ गते ११:००

बैतडी। बैतडी जिल्लाको शिवनाथ गाउँपालिका–१ कुस्मौता गडामुखस्थित महाकाली नदिमा बेपत्ता भएका दुई किशोरीमध्ये १ जनाको शव सशस्त्र प्रहरीले असार ८ गते फेला पारेको छ ।

सोही गाउँपालिकाको स्वाला बस्ने १३ वर्षिया रजनी चाड र १२ वर्षिया अस्मिता चाड महाकाली नदिमा नुहाउन क्रममा बेपत्ता भएका थिए ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुस्मौताघाटबाट खटिएको सुरक्षा फौजले रजनी चाडको शव फेला पारेको छ भने बेपत्ता अस्मिता चाडको भने खोजी कार्य भईरहेको छ ।

प्रतिक्रिया