मुख्यसचिवको दौडमा को-को छन् ?

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मूख्यसचिवका लागि दौडधुप सुरु भएको छ । वर्तमान मूख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा दायर भएसँगै नयाँ मुख्यसचिवका लागि दौडधुप सुरु भएको छ ।
हाल तोयानारायण ज्ञावाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेल मुख्यसचिवको प्रतिस्पर्धामा छन् । वरियताको तेस्रो नम्बरमा रहेका भट्टराई र चौथो नम्बरमा रहेका अर्यालमध्ये एकलाई जिम्मेवारी दिनेगरी राजनीतिक तहमा छलफल सुरु भएको छ ।
सचिव ज्ञवाली भदौमा, सुवेदी कार्तिकमा, भट्टराई माघ अन्तिममा, अर्याल फागुनमा र पोखरेल २०८२ वैशाख २ गते अवकाश हुँदैछन् । ज्ञवाली हाल राष्ट्रिय योजना आयोगमा, सुवेदी सञ्चारमा, भट्टराई महिला बालबालिका मन्त्रालयमा र अर्याल गृहमन्त्रालयको जिम्मेवारीमा छन् ।
मूख्यसचिवको नियुक्ति नहुँदासम्म प्रधानमन्त्री कार्यालयमा रहेका वरिष्ठ सचिवले निमित्त मूख्य सचिवको जिम्मेवारी पाउनेछन् । प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरुमध्ये उनी वरिष्ठ हुन् ।










संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली
एनपिएल : विराटनगरविरुद्ध पहिला बलिङमा पोखरा
रविको अर्धशतकमा चितवनको विजयी सुरुवात
दिवङ्गत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी
दोहोरो अंकले बढ्याे सेयर बजार
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
प्रतिक्रिया